असाढ १० रौतहट । । सुभाष राम। ।  विश्व भरिफैलिएको महामारीको रुपमा करोना भाईरसको चपेटामा परेका अति विपन्न , दलित बस्तिमा राहत वितरण गरिएको छ। रौतहट  जिल्लाको  परोहा नगरपालिका न पा ५ रौतहट  चमार  टोल रौतहट दलित सामुदायिक बिकास केंद्र रौतहट  को सहजीकरणमा समता फाउंडेसन  को आर्थिक सहयोगमा   अति विपन्न , दलित बस्तिमा आवश्यक खाद्यान्न सहयोग गरेको छ ।

खाद्यान्नमा १ बोरा चामल ,साबुन सोहबिन  , तेल, दाल, नुन रहेको छ। परोहा नगरपालिका न पा  ५ मा  ६१  घरपरिवारलाई  खाद्यान्न समाग्री राहत वितरण गरेको छ ।

उदय रामको पहलमा जम्मा ६१घरपरिवारलाई खाद्यान्न राहत सहयोग गरीएको भन्दै रामले धन्यवाद दिएका छन । साथै समन्वय , सहकार्य सहयोगको लागी पुकार राम चमारलाई पनी रामले धन्यवाद दिएका छन्