रौतहट १६ बैशाख ।।कोभिड १९को कहर विश्वभरी फैलिदै गएकोमा जनजिवन अतिप्रभावित बनेको देखिएको क्षेत्र,व्यक्तिगत,मानव अधिकार सम्बन्धि कार्य गर्ने संस्थाको माग अनुसार समाजसेवी ललन यादवले आवश्यकता पाएकलाई स्वास्थ्य एवं खाद्यान्न समाग्री वितरण गरेका हुन।

रौतहटको सदरमुकाम गौर अवस्थित रहेका नेपाल भारत मैत्री अनाथ आश्रम महिला बालबालिका बृद्ध असहाय मानव मन्दिर गौर नगरपालिका वर्डा नम्बर ५लाई खाद्यान्न समाग्री जस्तै:चार बोरा चामल,दाल,आलु,नुन तेल,स्वाविन ,चाउचाउ तथा स्वास्थ्य समाग्री जस्तै:मास्क ,सेनिटाइजर लगायतका समान सहयोग गरेको समाजसेवी ललन यादवले आफ्नो निजि लगानीमा वितरण गरेको जानकारी गराएका छन् ।

केही दिन पहिले आफ्नो फेसबूक वालबाट स्टेटस “स्वास्थ्य समाग्री एव खाद्यान्न समाग्री कसैलाई आवश्यक पर्ने म सङ सम्पर्क गर्न अनुरोध “लेखेका थिए।
व्यक्ति गत स्वास्थ्य समाग्री मास्क सेनिटाजर,अक्सिजन सिलिन्डर चाह्ने हुने व्यक्तिले किन्नु परेमा आफू बिक्री गर्ने तथा निशुल्क आवश्यकता परेमा सम्बन्धि नगरपालिका /गाउँपालिकाको सिफारिसमा समान उपलब्ध गराउने समाज सेवी युवा ललन यादवले बताए।