फागुन २० एजेन्सी।।समय समयमा विभिन्न देशका शैनिकहरु द्वारा मरिरहने र वेला वेला हार खाए पनी तालिबानी लडाकू आफनो तुक्ष कदम लाई रोकेका छैनन् । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकू विरुद्ध सेनाको लडाकू विमानद्वारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन् ।

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले बिहीबार बताएका छन् । यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा