राैतहट भ्वाईस, १८ जेष्ठ । निशान थापा र चन्द्रमा थापा क्षेत्री मंगलबार पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा–पुड्कातर्फ पहिलो भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन्। देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भए। चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्ष स्थान हात पारिन्।

सिर्जना सेन्चुरी दोस्रो तथा छोरीमाया थापा तेस्रो बनेकाे हाे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्ववधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला २ सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कांस्य जितेकाे हाे। सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे।

पुरुष ४ सय मिटर दौडमा पनि अजयले स्वर्ण जिते। उर्गेन दोस्रो तथा अनिश खड्का तेस्रो बनेकाे हाे। उक्त स्पर्धाको महिलामा हीरामायाले पहिलो स्थान हात पार्दै व्यक्तिगत दोहोरो स्वर्ण चुमिन्। विनीता थापा दोस्रो तथा सविता देउला तेस्रो भएकाे हाे। ह्विलचेयरको पुरुष १ सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय भएकाे हाे। सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोस्रो र ईश्वरी न्यौपाने तेस्रो भएकाे हाे।

ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावल पहिलो, रिले तामाङ दोस्रो तथा गिरिराज थापा तेस्रो भएकाे हाे। त्यसै स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्रो र मनमाया भण्डारी तेस्रो भएकाे हाे। आंशिक दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा दयारामनारायण चौधरी पहिलो, हेम थापा दोस्रो र विपिन वस्ती तेस्रो बनेकाे हाे। सो स्पर्धाको महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोस्रो र रचना पराजुली तेस्रो भएकाे हाे।

पूर्ण दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोस्रो तथा सौगात बगाले तेस्रो भएकाे हाे। उक्त स्पर्धाको महिलामा सुनीता नेपालीले स्वर्ण, संगीता घलेले रजत र रोजनी थापा मगरले कांस्य जितेकाे हाे। विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेकाे हाे।

हरेक स्पर्धाका विजेतालाई १ हजार, दोस्रोलाई ७ सय र तेस्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो। एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए। विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेका छन्। साभारःनागरिक