रौतहट १७ जेष्ठ ।। रौतहटमा जग्गाको बिषयमा कुटपिटले मृत्यु भएका प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको हो। जग्गाको बिषयमा बिवाद हुँदा कुटपिटले मृत्यु भएका प्रतिवादी ज्ञानी ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। गत बर्ष गरुडा नगरपालिका वडा नंबर ७ मा मंसिर १० गते बिहान जग्गाको बिषयमा बिवाद भैई फतिङगा ठाकुर र ज्ञानी ठाकुर बिच कुटपिट भएको थियो।

झैझगडामा फतिङगा ठाकुर गम्भीर घाईते भएको थियो ठाकुरको उपचारको क्रममा ठाकुरको मृत्यु भएको थियो। गम्भीर घाइते बनाएका ज्ञानी ठाकुर सोही समय फरार भएको थियो। फरार रहेका ठाकुर माधवनाराण नगरपालिका २ खेसरहीयामा भागी लुकीछिपि बसि रहेको अवस्थामा प्रहरीलाई खबर हुन साथ गत बुधबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहले जनाएको हो। पक्राउ पछि ठाकुरलाई सम्मानित जिल्ला अदालत रौतहट गौरमा पेश गरिएकोमा आज पुर्पक्षको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।