नवलपरासी १९ जेठ ।।चौधरी ग्रुपले सञ्चालन गरेको नवलपरासी पूर्वस्थित बियर उद्योगमा भीषण आगलागी भएको छ ।देवचुली नगरपालिका २ स्थित रजरमा रहेको उद्योगको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो ।

प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिए ।

आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ ।