मंसिर ०९ रौतहट।।रौतहटमा ११ बर्षे बालिकालाई जबरजस्ती करणी गरि फरार रहेको प्रतिवादी ४ बर्षपछि प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ४ का ३२ बर्षिय नागेश्वर राय यादव फरार भएको ४ बर्षपछि प्रहरीले पक्राउ गरेको हो । निज यादवले सोही वडाका ११ बर्षिय बालिकालाई २०७३ साल फाल्गुन ९ गते दिउसो ११ बजेर ५५ मिनेटमा जबरजस्ति करणी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको  ईलाका प्रहरी कार्यालय समनपुर रौतहटबाट खटिएको प्रहरी टोलीले निज फरार यादवलाई पक्राउ गरेको हो । बिशेष सुचनाका आधारमा यादवलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ । यादव रौतहटको गढीमाई न.पा.वडा नं १ स्थित बागमती नदि बाँध सडकखण्डमा निजले चलाई आएको ना ६४ प ४५०३ नं को १५० सिसिको पल्सर मोटरसाईकल सहित फेला पारी भाग्न खोज्दा प्रहरीले उम्किन नदिई पक्राउ गरेको जनाएको छ ।  पक्राउ परेका निज नागेश्वर राय यादवलाई सोमबार रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।