रौतहट भ्वाइस, ०१ जेठ । बलिउड अभिनेता रणवीर सिंहले आफू र पत्नी अभिनेत्री दीपिका पादुकोणलाई ट्रोलले कुनै फरक नपर्ने बताउनुभयाे । आफू सत्यतामा विश्वास गर्ने भन्दै ट्रोलको पछि समेत नलाग्ने स्पष्ट पारेकाे हाे। ‘मानिसहरु जव टिप्पणी गर्छन् । म उहाँहरुको कुरा बुझ्छु र उहाँहरुलाई मेरो समवेदना व्यक्त गर्दछु ।’

‘भनिन्छ, कि जव तपाई कुनै व्यक्तिमा कुनै कमजोरी देख्नु हुन्छ वा उसको बारेमा केही नकारात्मक भन्नुहुन्छ । त्यसले तपाई वास्तविक जीवनमा कस्तो व्यक्ति हो भनेर देखाउछ ।’ तपाइका विषयमा बाहिर फैलेने हल्लाको कुनै प्रतिक्रिया दिनु छ रु प्रश्नमा उनले जवाफ दिएकाे हाे ।

‘मलाई राती सुत्दा थाहा हुन्छ, कि म इमानदार र मनको राम्रो छु । राम्रो काम गर्छु । त्यसैले मानिसहरुको टिप्पणीले मलाई कुनै प्रभाव पर्दैन ।’ रणवीरको पछिल्लो फिल्म ‘जयशभाई जोरदार’ शुक्रबारबाट रिलिज भएको हाे । फिल्ममा सिंहको अलवा शालिनी पाण्डे, बोमन इरानी र रत्नाको समेत मुख्य भुमिकामा देख्न सकिन्छ । सभारःएजेन्सी