फागुन २ एजेन्सी।।भारतको आन्ध्र प्रदेशमा दुर्घटनामा १४ जनाको ज्यान गएको छ । तिर्थयात्री सवार बस र ट्रक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते १४ जनाको ज्यान गएको छ । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ । १८ जना सवार सो बस चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।

तर तिब्र गतिमा रहेका बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ ।

कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् । उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।