रौतहट भ्वाईस, ३० जेष्ठ । कालिकोटको रास्कोट नगरपालिका कार्यालय वडा न.४ का गुइया सार्कीको छ वर्षअघि मृत्यु भएकाे हाे । त्यसको दुई वर्षपछि उनकी श्रीमती आइतीले दोस्रो विवाह गरेर गइन्। गुइया र आइतीबाट जन्मेका तीन छोराहरु चार वर्ष देखि संरक्षणको पर्खाइमा छन्। बुवाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए। चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी पनि थपिएको हाे ।

भरतसँगै सात वर्षका हस्त र पाँच वर्षका डाइमन सहाराको खोजीमा छन्। ‘बुवाको मृत्यु भयो, आमाले अर्को विवाह गरेर जानुभयो ।’‘त्यसयता आफन्तको घरको पशु बाँध्ने गोठमा बस्दै आएका छौं।’ बुवाको मृत्यु र आमाले अर्को विवाह गरेर गएपछि १३ वर्षीय भरतलाई दुई भाइको पालनपोषणको जिम्मेवारी पनि आइलागेको हाे । ‘जन्मदिने बुबा आमाले छोडेर गएपछि गाउँमा मागेर पेट भर्ने गरेका छौं ।’

‘खानलाई अन्न छैन्, लगाउनलाई टालो (लुगा) छैन्।’ भरत नौ वर्षको हुँदा आमाले अर्को विवाह गरेर गएकी थिइन्। कलिलै उमेर देखि आफू भन्दा साना दुई भाइको पालनपोषणको गह्रुँगो जिम्मेवारी बहन गरिरहेका छन्। तीन भाईलाई खान–लाउनकै चिन्ता छ। यस्तोमा विद्यालय कहाँबाट देख्नु। ‘विद्यालय जानका लागि पोशाक चाहियो, कापी किताव चाहियो ।’‘काम पाए काम गरेर खान्छौं, नपाए मागेर खान्छौं, यस्तोमा विद्यालय कसरी जानु ?’

उनले आफूहरुको पढ्ने चाहना भएपनि त्यो पूरा हुन नपाएको हाे । बुवा–आमा नहुँदा तीनै भाईको जन्मदर्ता छैन्। आफन्तले चापायाँ बाँध्ने गोठको एक कोठा दिएका छन्। लगाउनका लागि उनीहरुको शरिरमा राम्रो कपडा छैन्। ओढ्ने र ओछ्याउने पनि उनीहरुसँग कपडा छैन्। बालकका आफन्त रामे सार्कीले तीन बालकलाई दैनिकी चलाउन समस्या भइरहेको हाे । ‘सानैमा बुवा बिते, आमाले अर्को विवाह गरेर गइन् ।’‘उनीहरुलाई छाक जुटाउनै अहिले समस्या भइरहेको हाे ।’