Handsome asian guy Taking a shower in the bathroom

सुभाष कुमार राम,
राैतहट भ्वाईस, १५ जेष्ठ । अमेरिकामा मात्र झन्डै दुई तिहाइ मानिसहरु हरेक दिन नुहाउने गर्दछन् । त्यहाँ दिनदिनै ननुहाउनुलाई घिन मान्ने चलन रहेको छ । के वास्तवमै सरसफाइका हिसाबले दैनिक नुहाउनु सबैभन्दा उत्तम हो ? कि अमेरिकीहरु यस कुरामा गलत छन् भन्नेबारे विज्ञहरुले यस्तो खुलासा गरेका छन् । नुहाए ननुहाएका आधारमा हामी किन अरुको मूल्यांकन गर्छौँ ? अहिलेका मानिसहरु अर्काको कमी निकाल्न, कुरा काट्न ज्यादै रुचाउँछन् । केही वर्ष अगाडि डाक्टर जेम्स हेम्ब्लिनले आफ्नो एक अध्ययनका लागि पूर्ण रुपमा नुहाउन बन्द गर्ने निर्णय गरेकाे हाे । आफ्नो यो रिसर्चपछि उनले ‘क्लिन’ अर्थात् सफा शिर्षकको किताब लेखेकाे हाे ।

“सरसफाइको कुरामा मानिसहरुले खुलेआम अर्कालाई नराम्रो तरिकाले हेर्ने र घिनाउने गरिरहेका हुन्छन् । अन्य विषयहरुमा हामी धेरै प्रगतिशील भइसकेका छौँ तर सरसफाइको विषयमा चाहिँ हामी खुलस्त रुपमा नराम्रो टिप्पणी दिन पछि पर्दैनौँ । मैले यसैको जाँच गर्न खोजेको हुँ ।” उनका अनुसार अहिलेको समयमा सरसफाइका लागि भन्दा पनि अरुले के भन्लान् भन्ने डरले मानिसहरु बढी नुहाइरहेका छन् । जसले यसलाई ट्रेन्ड समान बनाइदिएको छ । यही शैली धेरैले जाडो महिनामा चाहिँ अपनाएका हुदैनौँ ।

जस्तै ग्यालअपको सर्वेक्षण अनुसार ३० प्रतिशत तिनै अमेरिकहरुले जाडोयाममा चाहिँ दिनकै नुहाउँदैनन् । यसो गर्दा पनि सबै स्वस्थ रुपमा बाँचिरहेकी हुन्छन् । यस्तोमा सरसफाइका हिसाबले कतिसम्म नुहाउनु ठीक हो र के कुरा चाहिँ केबल बजारीकरण र ट्रेन्डका नाममा भ्रम मात्र फैलाइएको हो ? ‘द डर्ट अन क्लिन : एन अनस्यानिटाइज्ड हिस्ट्री’ की लेखक क्याथरिन एशेनबर्ग भन्छिन् । “नुहाउने सम्बन्धी मानव इतिहास प्राचीन रोमसँग जोडिएको छ । रोमनहरुलाई नुहाउन एकदमै मनपर्ने भएपनि यो शब्दलाई चाहिँ सयौँ वर्षसम्म ‘फोहोर’ सँग मात्र जोड्ने गरिन्थ्यो ।

१४ औँ शताब्दीमा ब्ल्याक डेथ प्रकोप सुरु भयो । त्यसबेलाका डाक्टरहरुले तातो पानीले नुहाउनुले रोग लाग्ने खतरा झन बढ्ने विश्वास गर्दथे । तातोपानीले छालामा हुने ससाना प्वालहरु खुलाउने हुँदा त्यसैबाट रोग शरीर भित्र छिर्ने उनीहरुको तर्क थियो । अर्को चर्चित घटना भनेको फ्रान्सका राजा लुइ चौधौँले दुर्लभै नुहाउँने गर्दथे । यसमा उनले एकै दिनमा धेरैपटक आफ्नो पहिरन बदल्ने गर्दथे । उसो भए त्यो समयबाट हामी कसरी अहिले दिनदिनै नुहाउने अवस्थामा आइपुग्यौँ त ? यसमा दुई प्रमुख कारण छन् ।

पहिले त किटाणुबारे हामीले अनन्त ज्ञान हासिल गरिसकेका छौँ । त्यस्तै हामीसँग विगतको तुलनामा साबुन, सफा पानीको श्रोत र बाथरुमको पहुँच व्यापक भइसकेको छ । दोस्रो कारण भनेको चाहिँ यस सम्बन्धी तिव्र बजारी करणले पनि सरसफाइको विषयलाई आवश्यकता भन्दा पनि देखाउने ट्रेन्डतर्फ लगिरहेको विज्ञ बताउँछन् । अहिले संसारको हरेक कुनामा हामीले सफा रहन भनेर थरीथरीका उत्पादनको विज्ञापन राखेको देख्न सक्छौँ । यसले यो उद्योगलाई अरबौँ डलरको बनाइदिएको छ ।

स्वास्थ्य सम्बन्धी विशेषज्ञहरुका अनुसार त्यसरी धेरै नै सफा गर्नुले हामीलाई झन अस्वस्थ बनाइरहेको हुन सक्छ । किनकी वैज्ञानिक अध्ययनका अनुसार किटाणुबाट वास्तवमा हामीलाई फाइदा पुगिरहेको हुन्छ । हाम्रो छालालाई सुरक्षित राख्न त्यसको सतहम विशेष किसिमको प्राकृतिक तेल र राम्रा ब्याक्टेरियाको उचित सन्तुलन हुन्छ । यसले हाम्रो छालालाई हानिकारक किटाणु र सुख्खापनबाट बचाइरहेको हुन्छ । त्यसमा केमिकलयुक्त कडा साबनु प्रयोग गर्नु या शरीरलाई घोट्ने गर्दा छालाले त्यो सतह गुमाउँछ ।

यसले छाला अस्वास्थकर बन्दै जान्छ भने एलर्जी गराउने किटाणुहरु पनि सजिलै संक्रमण फैलाउन सक्ने हुन्छन् । हाम्रो शरीरको प्रतिरोधात्मक प्रणालीलाई धेरै अवस्थामा छालामा बस्ने किटाणुहरुले पनि सक्रिय पारिरहेका हुन्छन् । तिनीहरु चाँडो पखालिनुले शरीरलाई त्यस विरुद्ध जोगाउने ‘एन्डिबडिज’ उत्पादन गर्ने मौका दिँदैन ।अझ यसमाथि पनि एन्टिब्याक्टेरियल साबुन त झन घातक हुन सक्छन् । सबै प्राकृतिक ब्याक्टेरियल सुरक्षालाई नष्ट गर्ने हुँदा छालामा संक्रमक किटाणुको उपचार गर्न कठिन बनाइदिन्छ ।

यसले विशेषगरी बालबालिकाहरुमा ठूलो प्रभाव पार्न सक्छ । स्वास्थ्यका हिसाबले हप्तामा दुई देखि तीन दिन नुहाउनु नै उचित हुने स्वास्थ्यविद्हरु बताउँछन् । यसमा यदि कसैले घण्टौँ तातो घाममा काम गर्नुपर्ने या कडा शारीरिक परिश्रम गर्नुपर्ने छ भने चाहिँ उनीहरुले भित्र बसेर काम गर्नेहरुको तुलनामा बढी नुहाउनुपर्ने हुन सक्छ । कतिपय मानिसहरुको छालाको अवस्था हेरेर एकदम कम नुहाउनु नै उत्तम हुन्छ । सभारःसीएनएनबाट