फागुन ०९ रौतहट।। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका का नगर प्रमुख गोपाल राय यादवले विजयपुर युवा क्लव द्वारा आयोजित नगर स्तरीय सेलेक्शन नकआउट फुटबल टुनामेनटको उदघाटन गरेका हुन । रौतहट जिल्लाको स्थानीय तहहरु मध्ये फतुवा बिजयपुर नगरपालिका चौतर्फी विकास तर्फ तेजिलो अगाडि बढिरहेको क्रममा खेलकुद पनि आवश्यक रहेकोले नगर प्रमुख यादव केन्द्रीत भएका छन्। युवा पीढ़ीहरु लाई खेलतर्फ रुची देखे पछी नगर प्रमुख यादव ले खेलकुदलाई प्राथमिकता दिएका छन् ।

जिल्लाको उक्तरी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिकामा बिजयपुर युवा क्लब द्धारा आयोजित नगर स्तरीय सेलेक्सन नकआउट फुटवल टुर्नामेन्ट प्रतियोगता श्री माबि बिजयपुरको प्राङ्गनमा शनिबार देखि शुरु भएको छ । क्लबका अध्यक्ष बिजाधर रजकको अध्यक्षतामा नगर स्तरीय सेलेक्सन नकआउट फुटवल टुर्नामेन्ट प्रतियोगता सुरु भएको छ ।

खेललाई एक कार्यक्रमका बिच नगर प्रमुख यादवले उदघाटन गर्नु भएको थियो । उदघाटनको क्रममा स्वागत मन्त्बय राख्दै क्लबका सहसचिव कृष्ण कुमार साहले खेलका लागि नगरपालिका संग सहयोग माग गरेका थिए । साथै यो नगरपालिकामा खेलाडीहरुको लागि एउटा पनि खेल मैदान नरहेको भन्दै नगर प्रमुख यादव संग खेल मैदानको ब्यवस्था मिलाई दिन माग गरेका छन । खेल मैदानको समस्यालाई समाधान गर्न नगर प्रमुख संग जोडदार माग गर्नु भएको थियो ।

उदघाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख यादवले अबको एक बर्षको भित्रमा नगरपालिका भित्र खेल मैदान बनाउने प्रतिबध्दता जनाएको छ । खेल शान्त मनोरम र भयरहित बताबरणमा हुनु पर्ने सुझाव दिनु भयो । साथै वहाँले खेलमा कुनै किसिमको बादबाविद न गरि ईमन्दारितापुर्वक खेलनको लागि खेलाडीहरुलाई अनुरोध गर्नु भयो । स्वास्थ्यको लागि खेल आवश्यक भएको भन्दै खेलमा सहभागि हुन युवाहरुलाई अपिल गर्नु भयो ।

आफ्नो मन्तव्य राख्दै ईलाका प्रहरी कार्यलय बिजयपुरका प्रहरी निरिक्षक बिशनु बिक, बिजयपुर बजार ब्यवस्थापन समितीका अध्यक्ष बाबुराम अधिकारी, बिभिन्न संघ संस्थाका प्रमुख, संचारकर्मी,स्थानिय भद्रभलादमीहरुको बिषेश उपस्थीतीमा कार्यक्रम संमपन भएको छ । शनिबारको पहिलो खेल लक्ष्मीनिया टिम र दुधिअवा टिम बिच भएको छ । दुधिअवा युवा क्लब ए टिमका खेलाडीहरुले ३ गोल गरेर पराजित गरेका थिए ।

खेलमा लक्ष्मीनिया एकता युवा क्लब ए टिमले ० गोल गरेका थिए । दुधिअवा युवा क्लबका खेलाडी धिरेन्द्र चौधरीले २ गोल गरेका थिए भन्ने फिरोज चौधरीले १ गोल गरेका थिए । आजको खेलमा दुधिअवा युवा क्लब ए लाई मैन अफ दी मैच घोषण गरिएको टिमका क्यापटन दिपक कुशवाहाले जानकारी दिनु भयो ।