मंसिर १५ रौतहट।।सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने निर्णय गरिको थियो । निर्णय अनुसार विभिन्न स्थानिय तहमा ५ देखि १५ शय्याको आधारभूत अस्पतालको शिलान्यास भएको छ ।

तर रौतहटका राजदेवी नगरपालिका नगरप्रमुख धीरेन्द्र कुमार सिंहको दवङगईका कारन राजदेवी नगरपालिका मा भवनको शिलान्यास हुन सकेको छैन । राजदेवि नगरपालिका ७ मुडवलवा मुरलीमठ मन्दिर समिप १५ शय्याको आधारभूत अस्पतालको भवन निर्माण हुनको लागी सहमति भए पनि नगर प्रमुख सिंहले निर्माण हुने अस्पतालको ठाउँ हेरफेर गरेको थियो । ठाउँ हेरफेर भएको थाहा पाउँदा स्थानीय आन्दोलित बनेका थिए।  रामेश्वर प्रसाद यादव, भिखारी प्रसाद यादव, राज किशोर प्रसाद यादवको अध्यक्षता मा वार्डा ७ का वर्डा अध्यक्ष संजय प्रसाद यादव, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतका भरभला आदमीहरु नगरपालिका अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शन पश्चात स्वास्थ्य मंत्रालयको मापदण्ड अनुसार ना. पा. ७ मुडवलवा मुरली मठ बजार निकट रहेको जग्गामा अस्पताल निर्माण गर्नको लागी सर्वेक्षण गर्न मिती २०७७/०८/१७ का दिन निर्णय भएको ज.स.पा पार्टी नेपाल, रौतहटका राजदेवी नगरपालिका नगरप्रमुख रामेश्वर प्रसाद यादवले बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो । प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको हो । पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड पठाइसकिएको छ ।