सुभाष कुमार राम
रौतहट भ्वाईस, 0१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको दोहोरयाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बजेट माथि उठेका विषयहरु बारे जवाफ दिँदै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको हाे । काठमाण्डौमा रहेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले अहिले नैै यात्रुको चाप थेग्न नसकेको भन्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको हाे ।

विकल्प भनेकै निजगढ विमानस्थल नै भएको जिकिर गरेकाे हाे । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको निजगढ विमानस्थलको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको गुनासो पनि गरेकाे हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निजगढ विमानस्थल आयोजनाको विस्तृत डिजाइन बनिरहेको भन्दै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा निर्माणको मोडालिटी बन्ने जानकारी समेत गराउनुभयाे । निजगढ विमानस्थलका लागि जग्गा अधिग्रहणको काम सकिसकेको हाे । अहिले सम्म ३ अर्ब रुपैयाँ खर्च पनि भइसकेको हाे ।