रौतहट १९ जेष्ठ ।।रौतहटको बौधीमाई नगरपालिकाको वडा नं ७ बंकुल बजार स्थित बाबा रामदेवको बिश्व ब्यापी सुप्रसिद्ध पतंजली आयुर्वेद क्लिनिक संचालन रहेको थियो । विश्व भरि कोभिड १९ बाट ग्रसित रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट आज विभिन्न अौषधी पसलहरूको चेकजाँच गर्ने समिति अनुगमन गर्न गरेको छ ।

अनुगमनको क्रममा विना दर्ता संचालन गरेको आयुर्वेद पसलमा नक्कली NAMC नं. राखी डाक्टरको नाम लेखेर संचालन गर्दै आएको प्रमाण फेला परेको छ । नक्कली नामले पसल पतंजली कम्पनीसँग जोडेर बिक्रीवितरण गरिरहेको हुनाले सरकारी नियमअनुसार कागजातहरू उपलब्ध गराउन सकेनन् ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय गौरका स.प्र.जि.अ. बसन्त भट्टराई, प्रशासकीय अधिकृत मुकेश कुमार चौरसिया, निमित्त प्र.प्र.अ.श्री रामेश्वर राय यादव, प्रहरी नायव निरीक्षक राजहरण यादव समेतको रोहवरमा पसल सिलबन्दी गरी कागजात सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।