असाढ १० रौतहट ।। हनुमत कु. यादव।।परोहा नगरपालिकाको पाँचौ नगर सभा अधिवेशन बिहिवार भव्य र अतिनै सभ्य रुपबाट सम्पन्न भएको छ । नगरपालिले आफ्नै नगरपालिकाको सभाहल भित्र  शुरु गरेको थियो । नगर प्रमुख  शेख वकिल र उपप्रमुखले पानसमा दिपप्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय परोहा नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौं नगर सभा भव्याताका साथ सम्पन्न भएको छ । नगर प्रमुख शेख वकिलले नगरको समृद्धिको आधार कृषि ,शिक्षा ,स्वास्थ्य र भौतिक पुर्वाधार भन्ने मुल नारा सहित बजेट प्रस्तुत गर्नु भएको छ।

परोहा गरपालिकाको कार्यालयको सभा हलमा सम्पन्न्न सो नगर अगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ४४ करोड ७५ लाख ६९ हजार  रकम विनियोजन गरेको छ ।

कार्यक्रममा परोहा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख,  प्रमुख प्रशासकिय अधिकृत , लेखापाल , वडा अध्यक्षहरु, सदस्यहरु, कर्मचारी,नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु ,सञ्चारकर्मी, लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।