असार १५ पर्सा ।। पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । अन्य चारजना घाइते भएका छन् । वर्षेनी चट्याङ लागेर मृत्युहुनछ तर यसवर्ष वायुमण्डलका वातावरण विग्रीएको कारण बढी पनी पर्ने चट्याङलागने खतरा बढेको छ।

ज्यान जानेहरुमा पर्साको सखुवाप्रसौनी गाउँपालिका ४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली १ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी ३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला र असरतोमी खेतमा काम गर्दै गरेको बेला चट्याङ लागेको थियो । यस्तै चट्याङ लागेर चारजना घाइते भएका छन् ।

जसमा देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएका छन् । उनको उपचार वीरगञ्ज लगिएको छ । अन्य तीनजना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।