रौतहट भ्वाईस, 0१ असार । पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ ।सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाईबाट पनि पुष्टि हुन्छ । किनकी देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटाैती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।

एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले बताउनुभयाे । ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम गर्न अपील गर्नेछु।’ चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतमा जस्तै पाकिस्तानमा पनि चिया पारखीको ठूलो जनसंख्या छ । पाकिस्तान अहिले ठूलो विपत्तिको किनारमा छ ।

आतंकवाद र राजनीतिक संकटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेको हाे । पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलब ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेलआउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको हाे । अमेरिकी स्वार्थ बमोजिम सरकार गठन भएको भन्दै पूर्वप्रधानमन्त्री इमरान खानले केही सातादेखि निरन्तर सरकारविरुद्ध आन्दोलन चर्काइरहेका छन् । संसदमा अविश्वसको प्रस्तावपछि उनले राजीनामा दिन बाध्य भएका थिए ।