वैशाख ३१ रौतहट।। संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पद तथा गोपनियताको  शपथ आज लिँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार राति संविधानको धारा ७६ (३) अनुसार  प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज सपथ लिन लागेका हुन् ।

उनको शपथ आज दिउँसो २ बजे गराउने तयारी शीतल निवासले गरेको छ।

ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । तर काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि ओली पुनः प्रधानमन्त्री बनेका हुन् ।