असाढ १० रौतहट ।। हनुमत कु. यादव।। फतुवा विजयपुर नगरपालिकाको पाँचौ नगर सभा अधिवेशन बिहिवार सम्पन्न भएको छ । नगरपालिले आफ्नै नगरपालिका भित्र  सभा शुरु गरेको थियो । नगर प्रमुख  गोपाल राय यादवले उद्घाटन गर्नु भएको थियो ।

सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय फतुवा विजयपुर नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौं नगर सभा भव्याताका साथ सम्पन्न भएको छ । नगर प्रमुख यादबले नगरको समृद्धिको आधार कृषि ,शिक्षा ,स्वास्थ्य र भौतिक पुर्वाधार भन्ने मुल नारा सहित बजेट प्रस्तुत गर्नु भएको छ।

फतुवा विजयपुर गरपालिकाको कार्यालयको सभा हलमा सम्पन्न्न सो नगर अगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ५५ करोड १५ लाख ३४ हजार ९ साय ४० रुपैया १० पैसा रकम विनियोजन गरेको छ ।

कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, नि. प्रमुख प्रशासकिय अधिकृत प्रमोद गुप्ता , लेखापाल नवीन कुमार यादव, , वडा अध्यक्षहरु, सदस्यहरु, कर्मचारी,नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु ,सञ्चारकर्मी, लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।