माघ १४  रौतहट।।रौतहटको पश्चिमी उतरीभेगमा पर्ने फतुवा विजयपुर नगरपालिका अन्तर्गत रहेका केही विधालयहरुको नगर प्रमुख गोपाल यादवले मंगलवार अनुगमन गर्नुभएको छ।

सो अनुगमन कार्यमा नगर प्रमुख गोपाल यादव,शिक्षा संयोजक हरेन्द्र यादव,योजना शाखाका बिध्यानन्द यादव र पत्रकारहरुको समेत टोलीले पालिका भित्र रहेको केही विधालयहरुको अनुगमन गर्नेक्रममा प्रावि पेटभर्वा र सन्तपुर,अन्पुर्ण प्रावि रामदासी,श्री माँ सरस्वती प्रावि फतुवा विजयपुर ८ र श्री आधारभुत विधालय लक्ष्मिनिया दोष्तियामा अनुगमन गर्नुभएकोछ।

विधालय अनुगमनको क्रममा प्रावि पेटभर्वा र सन्तपुर को अवस्था ठिक देखेको थियो भने अन्पुर्ण प्रावि रामदासीमा विधालयमा शौचालय र चापाकल हुदाहुदै पनि मरमत र साभार विना,त्यहा अध्यनरत विधार्थी र शिक्षक शिक्षिकाहरु बाहिर गएर शौच गर्न र पानी खान बाध्यभएको र विधालयमा शिक्षकहरू सहि समयमा न आएको कारणले र राम्रो पढाइ न भएको कारणले गर्दा त्याहाका स-साना बालबालिकाहरु दुई किलो मिटर टाँढा र परोसी जिल्ला बाराका प्रावि मुसहर्नामा गएर अध्यन गर्न बाध्य बनेको त्यहाका स्थानिय र अविभावकहरुले गुनासोगरे।

त्यसैगरी अनुगमन गर्नेक्रममा माँ सरस्वती प्रावि.को अस्था पनि त्यतिकै लथालिङ्ग देखिएकोथियो,४ बजे सम्म पढाइहुने विधालयमा २ बजेको समयमानै अनुगमन टोली पुगेपछि विधार्थी र शिक्षक दुवै मध्ये कोही पनि विधालयमा भेटिएन र विधालय मा ताला लागेको देखिएको थियो।

साथै फतुवा विजयपुर ९ मा रहेको आधारभुत विधालय लक्ष्मिनियाको अवस्था पनि लथालिङ्ग नै देखिएकोथियो ।सो विधालयमा पनि करिब दुईसय अध्यनरत विधार्थि रहेकोछ तर उक्त विधालयमा पनि शौचालय र चापाकल भएपनि संचालन मा नरहेको र त्याँहा अध्यनरत विधार्थी र शिक्षक शिक्षिकाहरु खुला ठाउँमा शौच गर्न र बाहिरगएर पानीखान बाध्य बनेकाछन।यति मात्र न भई अनुगमन गरेको धेरै जसो विधालयहरुमा दिवा खाजा खुवाउनका निम्ति नगरपालिकाले दिईएको पैसाको दुरुपयोग गरिएको देखिएकोधधछ।नगरपालिकाले जारीगरेको सेडुल अनुसार खाजा न खुवाई धेरै जसो विधालयहरुले आफ्नो मनमौजी तरिकाले खाजा खुवाईरहेको रहेको देखियो।यी सबै विषयमा प्रधाना ध्यापक जयबिशोर साह संग सोध्दा उक्त समस्याहरुको समाधान हुने बताए।

फतुवा विजयपुर नगरपालिकाको पुर्णतः विकास र सभ्य समाज निर्माणको निम्ति शिक्षाको गुणस्तर र पुर्वाधारको विकास अत्यन्तै जरुरी रहेकोले बिद्यालयको अनुगमन गरि सुधार नीतिनिर्माण गर्न टेवा पुग्ने नगर प्रमुख गोपाल यादवले बताउनुभयो।