मंसिर ११ रौतहट।।बर्दिवासका ६ वर्षीय बालिकालाई बलात्कार गरि हत्या गर्ने हत्यारालाई कानुनी कार्यवाही गर्न रौतहटको  जिल्ला प्रमुख अधिकारी मार्फत प्रधानमन्त्री लाई मेची महाकाली बुहारी संयुक्त आवाज का संयोजक पूजा पाठक तिमिल्सिना सहित महिलाहरु द्वारा ज्ञापन पत्र बुझाएको छ।

मेची महाकाली बुहारी संयुक्त आवाज ले महिला तथा वालवालिका को हिंसा विरुद्ध को अभियान तथा सडक प्रदर्शनको नेतृत्वदायी भुमिकामा छ । नेपालको विद्यमान कानुन र प्रशासनिक संरचना व्यवहारमा पिडीत मैत्री देखियन बरु पिडक मैत्री देखियो किनभने हरेक हत्या र बलत्कार को घटनामा अपराधीले उन्मुक्ती पाउने र पिडीत पक्ष न्यायको लागी रुदै सडकमा हिड्नु परेको अवस्था छ ।

अपराधी पैसा र पहुंच को आधारमा खुलेआम उन्मुक्ती पाउने दुर्भाग्यपूर्ण अवस्था छ। कानुन कार्यान्वयन हुने भए निर्मला पन्तको हत्यारा कहाँ छन् ? सुस्मिताको हत्याराहरू पुर्पक्षको लागी थुनामा छन ,त्यसपछी करुणा, सम्झना , सन्जा र गुलाव खातुनले किन ज्यान गुमाय? जस्ता प्रश्नहरु विज्ञपती मा उल्लेख रहेको छ। सभ्य समाज मा यस्ता जघन्य अपराध को घटना कल्पना सम्म पनी गर्न सकिन्न तसर्थ बलात्कारी लाई फाँसी नै होस् नभय सर्वस्व सहित आजिबन काराबास को सजाय होस्भने मांग गरेका छन्।

नत्र हामी महिलाहरु बलात्कारी लाई जिऊदै जलाउछौ । बर्दिवास-१४ महोत्तरी की ६ बर्षीया गुलाब खातुन को बलात्कार पछी हत्या र न्यायपुर्ण प्रदर्शन मा घाईते भएका सन्जय न्यौपानेको मृत्यु भएको घटना को निष्पक्ष छानबिन र दोषी उपर कडा कार्वाहीको सुनिश्चितता नभय सम्म मेची महाकाली बुहारी संयुक्त आवाज चुप लागेर बस्न सक्दैन विज्ञपती मा उल्लेख रहेको छ। जन आक्रोश को कारणबाट हुने थप मानविय तथा भौतिक क्षतीको जिम्मेवारी स्थानिय प्रशासन र नेपाल सरकार को हुने प्रदेश संयोजक पुजा पाठक तिमिल्सिना विज्ञप्ति जारी गरी तेतावनी समेत दिएका छन्।