असोज ९ ।। इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको छठौँ खेलमा किंग्स-११ पञ्जावले फराकिलो अन्तरको जित हात पारेको छ । पंजाबले पहिलो पारिको खेलमा २०९ रन जोडे । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि जित हात पारेको छ । बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको ठुलो जित निकालेको हो। पंजाब टिम का कप्तान कएल राहुल कप्तानी पारी खेलदै १३२ रन संगै १३ औ संस्करण को पहिलाे सतक लगाए।

पहिले ब्याटिङ गरेको पञ्जावले कप्तान केएल राहुलको शतकमा २० ओभरमा ३ विकेटको क्षतिमा २०६ रन जोड्यो । राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। जारी आइपिएलमा यो पहिलो शतक हो। मंयक अग्रवालले २६ रनको योगदान दिए । बलिङमा बेंग्लोरका शिभम् दुबेले २ विकेट लिए।

जबाबि पारिमा बेंगलुरु टिमले १०९ रन जोडे । २०७ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभरमा १०९ रनमै अलआउट भयो। उसका लागि वासिङ्टन सुन्दरले सबैभन्दा बढी ३० रन जोडे ।

एबी डिभिलियर्सले २८ रन बटुल्दा आरोन फिन्चले २० रन जोडे । बेंगलुरु को कप्तान विराट कोहली १ रनई बनाई पवेलियन को रुख गरे । बेंग्लोरका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।  बलिङमा पञ्जावका रवि बिश्नोइ र मुरुगन आश्विनले ३-३ विकेट लिए।

आइपिएलमा शुक्रबार दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ।