चौत ०६ रौतहट ।। रौतहटको ईशनाथ नगरपालिका वडा नं ६ पलटुआमा नगर प्रमुख संतोष मेहताले नगर स्तरीय योजना अन्तर्गत ३८ लाख ५७ हजारको लागतमा तिन कोठे चर्पी नुहाउने घर र भवनको अगाडिबाट अली कम्पाउन्ड रहने स्वास्थ्य चौकी भवनको शिलान्यास गरेको हो । भवन निर्माण गर्नको लागी वाडा नं ६ का वडाध्यक्ष रामेश्वर र वाडा सदस्य सफरुदीन ले १ कठठा १२ धुर जग्गा खरिद गरी दान दिएका छन्।

नगरपालिका कै आर्थिक सहयोग बन्न लागेको यो उप स्वास्थ्य चौकी दक्ष एवं अनुभवी स्टाफ नर्स, कम्पाउण्डर, अहेब र कार्यालय सहयोगीको दरबन्दी हुने बताए । बर्षौ देखि सानो रुखा खोकीको उपचारलागि लामो दुरीको यात्रा गरि स्वास्थ्य चौकी जाने झन्झट अबको केही महिना मै समाप्त हुने मेयर मेहताले विश्वास व्यक्त गरे । बन्न लागेको स्वास्थ्य चौकीबाट प्रत्यक्ष रुपमा नगरको हालको वाडा ६ र ७ साबीक पलटुआ, जरनगर, घिउरा र जोकहाका जनताहरु लाभ प्राप्त गर्ने छ।

केहि असमाजिक तत्वले नगरप्रमुख असफल रहेको अपवाह फैलाइरहेको छ म बोलेर हौन गरेर देखाउँछु पत्रकार संग कुराकानी गर्दै नगरप्रमुख मेहता ले बताए।
कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, स्वास्थ्य कर्मचारी, भद्रभलादमी, पत्रकार लगायत सयौको संख्यामा जनताहरुको उपस्थिती थियो ।