रौतहट भ्वाईस, 0१ असार । भारतको सर्वोच्च अदालतले विवाह नगरी जन्मिएका बच्चा पनि पैत्रिक सम्पत्तिको हकदार हुने महत्वपुर्ण फैसला सुनाएको हाे । अदालतले फैसलामा यदि महिला र पुरुष लामो समयसम्म एकसाथ बस्नु विहे बराबर भन्दै त्यसरी जन्मिएका बच्चालाई बाबु आमाको सम्पत्तिमा हक लाग्ने जनाएको छ ।

सर्वोच्च अदालतले यसअघि केरला उच्च अदालतले गरेको फैसला पनि रद्द गरेको हाे । उच्च अदालतले विहे नगरी जन्मिएका एक युवकलाई बाबुको सम्पत्तिमा हक नलाग्ने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले त्यो रद्द गर्दै यदि परीक्षण गर्दा बच्चा उनीहरुकै हो भन्ने पुष्टि हुन्छ भने बाबु आमाकै सम्पत्तिमा हक लाग्ने फैसला सुनाएको हाे । साभारःएजेन्सी