सुभाष कुमार राम,
राैतहट भ्वाईस, १८ जेष्ठ । धनुषाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारत तर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेर समूहका बालबालिकालाई प्रयोग गर्ने गरेको खुल्न आएको छ । साइकलमा मदिराको पोका पोकी लोड गरेर भारततर्फ गइरहेको अवस्थामा बालबालिका भेटिएपछि सो कुरा बाहिरिएको हो । भारतको विहार राज्यमा मदिरा बिक्रीवितरण र प्रयोगमा रोक लगाइएपछि त्याहाँका कतिपय मदिरा प्रेमीले नेपालतर्फका सीमावर्ती जिल्लालाई नै आफ्नो गन्तव्य बनाएका छन् ।

केहीले यहाँका व्यापारीसँगको ‘कनेक्सन’ मा मदिरा घरसम्म नै मगाउने गर्छन् । ‘बोरामा हालेर साइकलमा लोड गरेपछि हामीलाई पु¥याइदेऊ भन्छन् ।’ इनर्वा नाका हुँदै जयनगरतर्फ गइरहेका १३ वर्षीय बालकले बताउनुभयाे ।‘नाम र घर बताउन भनेको छैन र बताउँदिनँ पनि, बोरामा समान छ रे, सुरक्षित पु-याएपछि मात्रै पैसा दिनुहुन्छ ।’ उनले दैनिक एकपटक र कहिलेकाहीँ दुई पटकसम्म पनि मदिरा जयनगरसम्म पु-याउँदै आएको हाे ।

‘मेरो दोस्त र बहिनी पनि मसँग सामान लिएर आउँछन् र अन्य १५–१७ जना पनि हाम्रै उमेरका छन् । उनीहरूको पालो भोलि हो ।’‘मलाई पाच सय रुपियाँ दिनुहुन्छ र दोस्त र बहिनीलाई ४–४ सय रुपियाँ दिनुहुन्छ ।’ अरूले धेरै समयदेखि काम गर्दै आए पनि आफू एक महिना देखि सो काममा लागेको हाे । ‘अहिलेसम्म ३–४ पटक पुलिससँग भेट भएको छ र पुलिसले छिटोछिटो जाउँ भन्नुभाछ ।’

अर्का १४ वर्षीया बालिकाले फुर्सदमा मात्रै सामानहरू ओसारपसारमा गर्ने गरेको हाे । ‘बाआमासँग पैसा छैन, खानैका लागि धौ–धौ हुन्छ । त्यसमाथि लुगाफाटा कहाँबाट किन्ने ?, तपाईले पैसा दिनुुहुन्छ ?’‘काम गरेबापत आएको थोरै पैसा बाआमालाई दिन्छु र बाँकी केही पैसाले भाइ र मलाई लुगाफाटा किन्छु ।’ कसैलाई आफ्नो नाम नबताउन आग्रह गर्दै उनले अनुरोध गरिन् ।‘अंकल मेरो नाम नबताइदिनुहोला, नभए उहाँ (व्यापारी) ले यसपछि कामै दिनुहुन्न ।’

सशस्त्र प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको हाे । स्रोतका अनुसार सशस्त्र प्रहरीकै घुमुवाका रूपमा रहेका असईद्वय राजीव यादव र श्याम साहले मदिरा तस्करीमा सघाउँदै आएका छन् । ‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरूले नै ‘पास’ हुने समय निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन् ।’‘यो कुरा यहाँ धेरैजसो अधिकारीलाई थाहा छ नै, यद्यपि बालबालिकाको भविष्यप्रति कसैलाई पनि चिन्ता छैन् ।’

जनकनन्दनी गाउँपालिकामा पर्ने इनर्वा नाका र छेउछाउको चोर बाटो हुँदै वर्षांैदेखि बालबालिकालाई भरिया बनाएर मदिरा तस्करी हुँदै आएका जनप्रतिनिधिहरू बताउँछन् ।‘यो नयाँ विषय नै होइन, हामी अघिल्लोपटक निर्वाचित भइसकेपछि नै सोबारे छलफल गरेका थियौं । इजाजत नदिएका मदिरा पसल बन्द गर्ने र तस्करी नियन्त्रण गर्ने पनि गाउँ कार्यपालिकाबाट निर्णय नै भयो र इलाकामा प्रहरीसँग पनि छलफल ग¥यौं’ ।

वडा न. ५ का अध्यक्ष अशोक मण्डलले भन्नुभयो ।‘तर प्रहरी–प्रशासनबाट अपेक्षाअनुसारको सहयोग पाइएन र हाम्रो प्रयास पनि सफल हुन सकेन । अहिले पुनः दोस्रोपटक निर्वाचित भइसक्दा पनि अवस्था उस्तै छ ।’ उहाँले अप्रत्यक्ष रूपमा प्रहरी–प्रशासनले सघाइरहँदा नै तस्करीमा बालबालिकालाई प्रयोग गर्दा पनि कसैले केही नबोलेको दाबी गर्नुभयो । ‘बालबालिका देशका कर्णधार हुन् तर तस्करीमा लागेर हुर्किंदा भोलि कस्तो भविष्य होला ।’

‘हामी पुनः यी सब कुराहरू नियन्त्रणका लागि सबै जनप्रतिनिधि बसेर छलफल गरेर अघि बढ्नेछौं ।’ सशस्त्र प्रहरीकै घुमुवाका रूपमा रहेका असईद्वय राजीव यादव र श्याम साहले यी कुरा अस्वीकार गरेका छन् । ‘ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन ।’‘हाम्रो काम हो माल समात्ने र हामीले समातेकै हो, लाइन (छुट) नदिएपछि त्यसरी आरोप लगाए होला ।’ अर्का असई साहलाई पटक—पटक सम्पर्क गर्दा फोन उठाउनुभएन ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश सुवेदीले त्यस्तो पाइएको खण्डमा तत्कालै सो कार्य रोकिने बताउनुभयाे । ‘त्यस्तो त छैन, तर पनि त्यस्तो पाइए तत्कालै सो रोकिन्छ र संलग्न पाइएकाले कारबाही पनि हुन्छ ।’ यसैबीच प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ती विषयमा केही जानकारी नरहेको हाे । ‘यद्यपि, के रैछ म बुझौंला ।’ साभारः नेपाल समाचारपत्र