रौतहट १७ जेष्ठ ।।जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टीबाट निकालेको छ । यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीबेरपछि ठाकुर पक्षले पनि यादवलाई पनि साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निकालेको हो ।

यादवलाई कारबाही गरिएको पत्र निर्वाचन आयोग पठाइने एक नेताले बताए । मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए ।