चैत १८ रौतहट ।। महोत्तरीबाट बेपत्ता भएका ७ जना किशोरी भारत बिहारको सीतामढीमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिए ।

बेपत्ता भएकाहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा फेला परेका हुन् ।

घाँस काट्न गएका भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किएपनि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।
भारत बिहारको सीतामढीमा फेला परेकी महोत्तरीको भंगहाबाट बेपत्ता बालिका तथा युवतीहरुले गायिक बन्न जाँदै गरेको बयान दिएका छन् । सीतामढी प्रहरीले उनीहरु गायिका बन्न जाँदै गरेको बयान दिएको बताएको छ ।

उनीहरुलाई भारती प्रहरीले सीतामढी रेल्वे स्टेबाट फेला पारेको हो । उनीहरुको साथका अरुकोहि नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ । उनीहरुलाई भेरीफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको बताएको छ ।

अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ । उनीहरु दिउँसो घाँस काट्न गएको बेला देखि बपता भएका थिए ।

सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।

अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अचार्य, मेयर साह सहितको टोलि धर्मपुर बस्ती पुगेका छन् ।