माघ १० वीरगंज।।कबडी संघ पर्साको बैठक आज वीरगंजमा सम्पन्न भएको छ । संघका अध्यक्ष आकाश पटेलको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले फागुन १ गते वीरगंजमा संघको साधारण सभा गर्ने निर्णय गरेको छ ।

बैठकले माघ १७ गते देखि वीरगंजमा हुन लागेको मेयर कप प्रतियोगितामा कबडी खेललाई समावेश नगरेकोमा दुख व्यक्त गरेको छ । मेयरकप प्रतियोगितामा कबडी खेललाई समावेश नगरे कडा आन्दोलन गर्ने संघका अध्यक्ष आकाश पटेलले चेतावनी दिनुभयो ।

बैठकमा संघका सचिव राकेश साह,सह सचिव सुवास राम,अनिल पटेल, मुन्ना कुशवाहा,रंजित चौरसिया, राजेश कुमार यादव,दिपेन्द्र पटेल,मुकेश पटेल लगायतको उपस्थिती रहेको थियो ।