सुभाष कुमार राम
रौतहट भ्वाईस, २८ जेष्ठ । संघ सरकारले केही वस्तुको आयातमा रोक लगाउँदा वीरगन्जका दुवै भन्सारको राजस्व असुली प्रभावित भएको हाे । वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय दुवैको जेठमा राजस्व असुली प्रभावित भएको हो । हालसम्मको संकलनले मासिक लक्ष्य भेट्टाउन गाह्रो पर्ने यी कार्यालयले बताउनुभयाे ।

वीरगन्ज भन्सार कार्यालयले बिहीबार सम्ममा मासिक लक्ष्यको करिब ९० प्रतिशत राजस्व असुली गरेको हाे । यो महिनामा १६ अर्ब रुपैयाँ संकलनको लक्ष्य छ । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले केही वस्तुको आयातमा रोक लगाइएपछि त्यसको असर राजस्वमा परेको हाे । ‘वीरगन्ज नाकाबाट २/३ दिनमा भारत र चीनबाट कम्तीमा एक कन्टेनर खेलौना भित्रिन्थे, त्यो ठप्प छ ।’

‘छोकडाको आयात पनि ठप्प छ ।’ बजेट सार्वजनिक भएपछि सवारीसाधनको जाँचपास पनि रोकिएको हाे । यो नाकामा राजस्वमा योगदान गर्ने प्रमुख वस्तु इन्धन र नयाँ सवारीसाधन रहेकाले नेपाल आयाल निगमले इन्धनको राजस्व बुझाउने र केही नयाँ सवारीसाधन जाँचपास भई छुटेको खण्डमा मासिक राजस्व असुली लक्ष्य करिब भेट्टाइने उनले बताउनुभयाे ।

यता सिर्सिया सुक्खा बन्दरगाहको अवस्था झनै खराब छ । बिहीबार सम्म यो भन्सारले मासिक लक्ष्यको जम्मा ८० प्रतिशत मात्र राजस्व असुली गर्न सकेको छ । कार्यालयका अधिकृत बलराम भण्डारी यो भन्सारमा समग्रमै कारोबार घटेको हाे । ‘वैशाख सम्म पनि दैनिक ८० देखि ९० वटासम्म कन्साइन्मेन्ट आउने गरेकोमा जेठ लागेपछि त्यो संख्या घटेर दैंनिक ६० देखि ६५ वटामा झरेको हाे ।’

‘त्यसको असर राजश्व असूलीमा परीनै हाल्छ ।’ जेठमा यो भन्सारले ४ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेकोमा बिहीबारसम्ममा ३ अर्ब ५७ करोड ६० लाख मात्र राजस्व संकलन गरेको हाे । यो मासिक लक्ष्यको ७९ दशमलव १३ प्रतिशत मात्र हो । अब जेठको बाँकी ५ दिनभित्रमा यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाउन करिब ९५ करोड रुपैयाँ संकलन गर्नुपर्ने हुन्छ । हालको राजस्व संकलनको अवस्था हेर्दा त्यो सम्भव देखिँदैन ।