रौतहट २१ जेठ ।।जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्ष आज प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुँदैछ । बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा पाँच जना नेता मन्त्र बन्ने गरी सरकारका सहभागि हुन लागेको हो ।

जसपा श्रोतका अनुसार महतो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, अनिलकुमार झा शहरी विकास मन्त्रालय, विमल श्रीवास्तव खानेपानी मन्त्रालय र उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने गरी सरकारमा जाने टुंगो लागेको हो ।

श्रीवास्तव र अरगरिया उपेन्द्र पक्षलाई छाडेर महन्त पक्षमा लागेका हुन् । सरकारमै मन्त्री बन्नको लागि दुबैजनाले उपेन्द्रको साथ छाडेको बाहिर चर्चा छ । मन्त्री बन्ने पाँचैजनाले आज सपथ लिने गरी तयारी भइरहेको जसपा श्रोतले जनाएको छ ।