अषाढ १४ रौतहट ।। हनुमत कु. यादव।। राष्ट्रिय वृक्षारोपण दिवसको २०७८ अवसर  रौतहट जिल्लाको परोहा नगरपालिकामा सोमबारका दिन एक कार्यक्रम विच शुभारम्भ गरेका छन् । प्रदेश २ सरकारले प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपणको सुरुवा गरेका छन् ।

नपाको सभा हलमा प्रदेश वन निर्देशालय जनकपुरधामको आयोजनामा उद्घाटन कार्यक्रम भएको छ । एक सप्ताह भित्र मधेशको पुर्व देखी पश्चिम सम्म जोडने मुख्य सडकको रूपमा रहेको हुलाकी राजमार्ग पेटीमा परोहा नगरपालिकाले वृक्षारोपण कार्यक्रम गरेका छन् ।

सडकको दुबै छेउमा बौधिमाई नगरपालिकाको वडा नं ८ स्थित रौतहट र बाराको सिमाना देखि परोहा नगरपालिका हुदै बमनहर सम्म एक अभियानको रूपमा शुभारम्भ गरिएको छ । वृक्षारोपण दिवस कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव , कार्यक्रमको अध्यक्षता परोहा नपाका मेयर शेख वकिलले गर्नुभएको थियो भने कार्यक्रममा बिशिस्ट अतिथि जंगल सहिया साझेदारी वनका अध्यक्ष रामचन्द्र गिरी लगायत दर्जनौं व्यक्तित्वहरूको सहभागीतामा सडकपेटीको छेउमा वृक्षारोपन गरि अभियानलाई निरन्तरता दिएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।

अभियानको शुराम्भका लागी आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका छन् । अभियानको शुभारम्भ सप्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव , महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय , महिला वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरेका छन् ।