सुभाष कुमार राम
रौतहट भ्वाईस, ३१ जेष्ठ । सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा जानकारी दिने उदेश्यले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत सोमबार यहाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर सीप सिकेर मात्रै जाऔँ’ भन्ने सन्देश प्रवाह गर्न पत्रकारहरुसंग अन्तरक्रिया गरिएको हाे ।

पछिल्लो समयमा बढ्दै गरेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि नेपाल सरकारले नै थालेको सामी परियोजना पर्साको वीरगन्ज महानगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकामा सन्चालित छ । सोमबारको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, वीरगन्ज महानगरपालिकाको आर्थिक विकास महाशाखाका रामदयाल प्रसाद यादवका साथै विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।