रौतहट १९ जेष्ठ।।हनुमत कु. यादव।।रोटरी क्लब अफ बीरगंजले आज रौतहट जिल्ला अस्पताल गौर लाई १ थान अक्सिजन कन्संट्रेटर उपलब्ध गराएको छ । क्लबका तत्कालीन पुर्व अध्यक्ष रोटेरियन डा. आनन्द झा र सचिव सोहन पोदारले क्लबको तर्फबाट अस्पतालका प्रतिनिधिलाई बीरगंजमा अक्सिजन कन्संट्रेटर हस्तान्तरण गर्नु भएको छ ।

कोभिड नियन्त्रणको लागी निरन्तर सहयोग गर्दै आएको रोटरी क्लब अफ बीरगंजले यस अघि पनि पर्सा जिल्ला बी.म्.न्.पा.लाई ५ थान र बार जिल्ला अस्पताल कलैयालाई १ थान अक्सिजन कन्संट्रेटर उपलब्ध गराईसकेको जानकारी क्लबका अध्यक्ष रोटेरीयन अरविन्द खेतानजीले दिनु भएको छ । क्लबबाट प्राप्त अक्सिजन कन्संट्रेटरले कोभिड बिरामीलाई ठुलो सहयोग पुग्ने भएकोले रौतहट जिल्ला अस्पतालका मेसु डा. कृष्णा शाहले रोटरी क्लब बीरगंजको प्रशंसा गर्दै यो सहयोग जुटाउन हुन सहकार्य गर्नु हुने जिल्लाकै सामजिक अभियन्ता अनिल जायसवाल, देवनाथ यादव लगायत सम्पूर्णलाई धन्यवाद दिनु भएको छ ।