रौतहट १७ जेष्ठ ।। रौतहटमा प्रहरीको नाउमा अबैध असुली गर्दै आएको एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । गौर नगरपालिका वडा नंबर २ महादेवपट्टीमा म प्रहरी हो भनी आम जन्तामा भयत्रास फैलाई पैसा असुली गर्दै गरको सुचना संगै सोही वडाका रमन पटेलका ३० बर्षीय छोरा सुशील पटेललाई पक्राउ गरको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जनाएको होो।

पटेलले सोही वडामा नक्कली प्रहरी बनी अबैध कारोबार तथा भारत नेपाल वारपार गराई दिन्छु भनी असुली गर्दै आएको थियो । पटलले नक्कली प्रहरी बनी समाजमा भयत्रास फैलाएको भनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। पटेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जनाएको हो।