रौतहट १९ जेष्ठ ।। बिश्वब्यापीमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि रौतहटमा थप २६ गते सम्म निषेधाज्ञा जारी गरिएको हो। गत बर्ष चैतदेखि रौतहटमा संक्रमितको संख्या बढ्दै जाँदा र दिनानुदिन संक्रमितको मृत्यु भई रहदा नियन्त्रणका लागि रौतहटमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले जनाएको हो ।

पहिलो दोस्रो र तेस्रोपटक गरि बैशाख १९ गते सम्म हप्तामा दुई दिन आइतबार र बुधबार बैंक र सोमबार र बिहिवार खाद्यान्न पसल र फलफुल पसल समाजिक दुरी कायम गरि खोल्न निर्णय गरेको थियो। जिल्लामा पछिल्लो समयमा प्रतिदिन १ सय भन्दा बढी संक्रमित थप्दै र मृत्यु दर बढेको हुँदा निषेधाज्ञामा कडाइ गरेको प्रमुख जिल्ला अधिकारी यादवले जनाएको हो। तर अहिले रौतहटमा संक्रमितको संख्या घट्दै जाँदा र मृत्यु दर घट्दै जाँदा निषेधाज्ञामा परिवर्तन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जनाएको हो ।

रौतहटमा हप्तामा खाद्यान्न पसल र बैंक आइतबार,मंगलबार र बिहिवार खुल्ने निर्णय गरिएको हो। रौतहटमा आज १३८ जनाको स्वाब परिक्षणमा १४ जनाको पोजेटिभ आएको हो। भने रौतहटमा १ र अन्य जिल्लामा उपचारत २ जना संक्रमितको मृत्यु भएको हो। रौतहटमा अहिलेसम्म ११३६ जना संक्रमित भएको जस मध्ये ३ सय ४७ जना कोरोनाबाट निको भएको हो भने ५१ जना संक्रमितको जिल्लामै उपचारत रहदा मृत्यु भएको हो भने ५२ जना संक्रमितको अन्य जिल्लामा उपचारत रहदा मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको हो। जिल्ला अस्पताल गौरमा बजेट र उपकरण रहदा पनि अस्पतालका नियमित मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साहले सुचारु गराउन सकेका छैनन् ।

अस्पतालमा राजनितीक करणको कारण अस्पताल ब्यवस्थित हुन नसकेको स्थानियले जनाउँछन्। जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा.साहको चिकित्सक समायोजनको बेला अन्य ठाउँमा समायोजन भएको र अहिले जिल्ला अस्पताल गौरमा काजमा कार्य गर्दै आईरहका छन्। जिल्ला अस्पताल गौरमा १३ जनाको डाक्टरको दरबन्दी रहदा पनि १ जना मात्र डाक्टर रहेको हुँदा बाध्यता बस जिल्ला अस्पताल रेफर अस्पताल बनेको हो। निर्वाचित जनप्रतिनिधिको स्वास्थ्य अवस्था बिग्रे पछि अन्य सुबिधा सम्पन्न अस्पतालमा उपचार गराउने तर आफ्नै ठाँउको अस्पतालमा दक्ष चिकित्सक र सुबिधा सम्पन्न अस्पताल निर्माण न गर्दा जन्ताहरुले दुख पोखेका छन्। अस्पतालमा प्रदेश सरकारले दिएको बजेट गत बर्ष कमिसनको भरमा फ्रीज गराएको थियो ।