रौतहट २१ जेष्ठ।।हनुमत कु. यादव।।रौतहटमा दुर्गा भगवती गाउँपालिका एक दलित युवकलाई सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटको भिडियो शुक्रबार समाजिक सञ्जालमा भाइरल भएपछि बिहानै राजदेव गिरीसहित तीनजनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक ९एसपी० सिद्धिविक्रम साहले रौतहट भ्वाईसलाई जानकारी दिए ।

‘घटनाको विषयमा अहिलेसम्म पीडित पक्षबाट जाहेरी आएको छैन । भिडियो समाजिक संजालमादेखेपछि शुक्रबार बिहानै राजदेवसहित तीनजनालाई पक्राउ गरेका छौं’ एसपी साहले टुडेपाटीसंग भने ‘पीडितको जाहेरीको पर्खामा छौं । जाहेरीको आधारमा तीनैजनामाथि कारबाही प्रक्रिया अघि बढाउँछौं ।

तीनैजनालाई रौतहट प्रहरीले हिरासतमा राखेको छ । गाउँकै एक युवतीलाई प्रेम पत्र पठाएको आरोपमा रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई बिहीबार सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट भएको हो । सो घटनाको भिडियो अहिले समाजिक संजालमा भाइरल भइरहेको छ ।

कुटपिट घटनामा वडा नम्बर ४ बस्ने राजदेव गिरी लगायतको संलग्नता रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
विकासले एक गिरी थरकी युवतीलाई प्रेमपत्र पठाएको, फोन नम्बर दिएर कुरा गर्न लगाएको लगायतको आरोप लगाइएर कुटपिट गरेको स्थानीयले बताएका छन् ।