साउन २२ रौतहट।। हनुमत कु. यादव ।।रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवा श्री नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय ले प्रदेश नं. २ सरकारद्वारा यस विद्यालयमा शैक्षिक सत्र २०७७ सालमा कक्षा ८ मा अध्ययनरत ६२ जना छात्राहरुलाई “मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ”अभियान अन्तर्गत साइकल वितरण कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रम्भा देवी यादवको प्रमुख आतिथ्यमा उहाँकै करकमलबाट साइकल वितरण कार्यक्रम गरिएको छ ।

तपसील अनुसार आयोजना गरिएको उक्त कार्यक्रममा विधालयका प्रधानाध्यापक रवि शंकर प्रसाद यादव विधालय व्यवस्थापन समितिका अध्यक्ष तथा जसपा पार्टी नेपालका राजदेवी नगरपालिका नगर कमिटीका अध्यक्ष रामेश्वर प्रसाद यादव लगायत समितिका सदस्यहरु, वडा नं ७ वडा अध्यक्ष प्रत्यासी विजय शंकर प्रसाद यादव (बिजुली), युवा रेडक्रस सर्कल मुड़वलवा का अध्यक्ष अरुण कुमार जयस्वाल साथै शिक्षक शिक्षिका विधार्थी अभिभावक लगायत गाउँका बुध्दिजीवि, समाजसेवी लगाएतको स्थानीय भरभलादमीहरुको गरिमामय
उपस्थिति रहेको थियो छ।