रौतहट १९ जेष्ठ।।हनुमत कु. यादव।।अहिले बिश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीको बेला रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको महुलिया टोल निवासी मधेस आन्दोलनमा सहिद भएका वीर सहिद राजकिशोर ठाकुरको परिवारलाई अमेरिका बसोवास गर्दै आएको प्रकाश भाइ मधेसीयाले आर्थिक र खाद्यान्न सहयोग गरेका छन्। मधेश आन्दोलनको बेला रौतहटको प्रथम सहिदको रुपमा रहेको स्व.राजकिशोर ठाकुरको परिवारलाई अमेरिकाबाट १० हजार नगद, २५ कि.चामल,दाल,आलु,प्याज, स्वाबिन सहितको समान सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झालाई सो सहयोग बापतको रकम अमेरिकाबाट मधेसीयाले पठाई आज स्व.ठाकुरको परिवारलाई हस्तान्तरण गर्न लगाउनु भएको हो। मधेस आन्दोलनको बेला मेरो श्रीमान् सहिद हुँदा पनि कुनै मधेसी नेताहरुले हाम्रो पीडा अहिले सम्म नपोखेको स्व.ठाकुरकी परिवारले जनाएको हो। ठाकुर गरिब परिवारको हुँदा दैनिक मजदुरी गरि आफ्नो र आफ्नो बालबालिकाको गुजारा चलाई रहेको सहित ठाकुरकी परिवारले परिवारले जनाएको हो। मधेशकै जनप्रतिनिधिले स्थानीय तथा प्रदेश सरकारमा रहेता पनि उनिहरुले सहयोग नगरेको सहिद ठाकुरकी परिवारले जनाएकि छिन्।

प्रकाश भाई बलिदानी दिवसको अवसरमा पनी सहिद ठाकुर परिवारलाई घरमै पुगेर उहाँको आमाँलाई चामल, चिसोमा ओढ्नको लागि ब्लैकेट र ठाकुरको ५ बर्षीय छोराका लागि शिक्षा हासिल गर्न लाग्ने सामाग्रीको निमित्त १० बर्ष सम्म उसको शिक्षामा लाग्ने सम्पूर्ण खर्च १० तिर्ने प्रतिबद्धता समेत जाहिर गरेका थिए ।

को हुन प्रकाश भाइ मधेसीया ?

बिधालय लाईफ संगै राजनीतिक क्षेत्रमा लागेको मधेशीया पछि तत्कालीन संघीय समाजवादी बिधार्थी फोरम नेपालको जिल्ला अध्यक्ष बने । मधेसीयाले मधेसको हकअधिकारको लडाइँमा रौतहटबाट उनको धेरै योगदानहरु थिए। मधेसीया अर्थिक रुपले मजबुत नहुँदा पनि राजनीतिक क्षेत्रमा उनलाई ठुलो ज्ञान थिए। मधेसका जन्ताहरुको लागि केही गरुन् भने सोच राखि आफ्नो आर्थिक स्थिति मजबुत गर्न मधेशीया अमेरिका पुगे। निर्वाचित जनप्रतिनिधि मधेशकै हुँदा यस्तो संकटको बेला सहिद परिवारलाई सहयोग नगर्दा थोरै भएपनि आफू सहयोग गरेको उनले बताए । अहिले केही दिन पहिला मधेसी एशोसिएसन ईन अमेरिकाको दोस्रो साधारण सभाको चुनाममा निर्वाचित भएका हुँन्।