सुभाष कुमार राम,
राैतहट भ्वाईस, १५ जेष्ठ । स्पेनिस क्लब रियाल मड्रिड पुनः एकपटक च्याम्पियन्स लिग विजेता बनेको हाे । रियाल निर्विवाद युरोपियन फुटबलको सबैभन्दा सफल क्लब बन्न सफल भएको हाे । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकको हुलदंगाका कराण पुनः एक पटक कलङ्कित बनेको छ । त्यसका बाबजुद रियालले शनिबार राति प्रिमियर लिगको क्लब लिभरपुललाई १–० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको हो । रियालको यो १४औं च्याम्पियन्स लिग उपाधि हो ।

पेरिसको स्टेट डी फ्रान्स रंगशालामा रियलको जितमा भिनिसियस जुनियरले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले फेडरिको भाल्भार्डेको क्रसलाई पोष्टको दिशा दिएका हुन् । रंगशाला बाहिर रहेका दर्शक जबजस्ती छिर्ने प्रयास गरेपछि खेल ३७ मिनेट ढिला गरी सुरु भएको थियो । १० महिनअघि लन्डनको वेम्बली रंगशालामा सम्पन्न युरोपियन च्याम्पियन्स लिगको फाइनलअघि पनि यस्तै घटना घटेको थियो । ४४ औं मिनेटमा रियालका फरवार्ड करिम बेन्जिमाले गरेको गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए ।

लिभरपुलको थुप्रै अवसरमा रियालका गोलकिपर थिबाउट कोर्तुवा तगारो बने । कोर्तुवाले मोहमद सलाह, साडियो मानेका थुप्रै प्रयासलाई विफल बनाइदिएका थिए । ‘‘कसैले पनि मलाई पार गर्न सकेनन् ।’’‘‘जसरी पनि च्याम्पियन्स लिग जित्नुपर्छ भनेर आएको थिए ।’’ यससँगै रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले चौथो पटक च्याम्पियन्स लिगको उपाधि जितेकाे हाे । यससँगै उनी सबैभन्दा धेरै पटक च्याम्पियन्स लिग उपाधि जित्ने प्रशिक्षक बन्न सफल भएका छन् । यसअघि एन्सेलोट्टीले रियालबाट एक र एसी मिलानका लागि दुई पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

यसपटक रियालबाट स्पेनिस ला लिगाको उपाधि पनि जितेका थिए । रियालले पेरिस सेन्ट–जर्मेन (पीएसजी), साविक विजेता चेल्सी र म्यानचेस्टर सिटीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।‘‘हामी विश्वकै उत्कृष्ट टिम हौं ।’’‘‘हाम्रो लागि यो एकदम कठिन प्रतियोगिता हो । यो उपाधिका लागि हामी हकदार थियौं । हाम्रो इतिहासले पनि त्यही भन्छ । हामी सबैले आज त्यही अनुसारको प्रदर्शन गर्यौं र उपाधि जित्न सफल भयौं ।’’ रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो बनेको छ ।

लिभरपुल केही साताअघि एकै सिजन चार उपाधिको नजिक थियो । एक साताको अन्तरालमा लिभरपुलको चार उपाधि जित्ने सपना भताभुङ्ग बनेको छ । घरेलु नकआउट प्रतियोगिता एएफए कप र लिग कपको उपाधि जितेको लिभरपुल एक अंकले पछि पर्दा इङ्लिस प्रिमियर लिगको उपाधिबाट बञ्चित भएको थियो । प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले रक्षा गरेको हाे । लिग उपाधिबाट बञ्चित भएको एक साता नवित्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियालसँग स्तब्ध भएको हो ।

‘‘यस समयमा हाम्रो ड्रेसिङ रुमका कसैले पनि यो सिजन राम्रो भयो भन्ने अवस्था छैन ।’’ लिभरपुलका समर्थकका खेलअघि रंगशालाबाहिर गरेका व्यवहारले च्याम्पियन्स लिगको नतिजालाई छायामा पारिदिएको थियो । लिभरपुलका समर्थकले रंगशाला प्रवेशका लागि लामो लाइन बस्नु परेको भन्दै आक्रोस व्यक्त गरेका थिए । भिड भड्किदा प्रहरीले अश्रु ग्यास प्रयोग गर्नुपरेको थियो । यूईएफएले भने समर्थकहरु वैधानिक टिकट विना रंगशाला छिर्न लागेकाले समस्या भएको जनाएको छ । लिभरपुलले सुरक्षा कारण देखाएर आफ्नो समर्थकप्रति गरिएको व्यवहारले निराश बनाएको हाे ।