मंसिर ०९ रौतहट।। महोत्तरी जिल्लाको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएकोमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा मेची महाकाली बुहारी संयुक्त आवाज का जिल्ला संयोजक रमा काफले, जिल्ला सह-सयोजक अंजना पंथ कडरिया र सदस्य अंजना न्युपाने, गिता माझी लगायत सोम विहारी प्रत्रकार घाइते भएका छन्।

आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । घटनालाई मेची महाकाली बुहारी संयुक्त आवाज का प्रदेश संयोजक पुजा पाठकले घोर भर्त्सना गरेका छन्।