चैत १८ जनकपुरधाम ।। प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य बिक्की यादवले प्रदेश सरकारको कडा विरोध गरेका छन् । प्रदेश सरकारले प्रदेशसभालाई कुनै बिजनेस नदिइ ६ महिना देखि बन्दी बनाएको उनले आरोप लगाएका हुन् ।

प्रत्येक वर्ष नेपालको ७ प्रदेश मध्ये २ नं प्रदेशको सबैभन्दा बढी बजेट फ्रिज हुने गरेको छ । देशका ७ प्रदेश मध्ये ६ प्रदेशमा कम्युनिष्ट पार्टी, माओवादी या काङ्ग्रेस पार्टीका सरकार रहेको छ । तर ७ प्रदेश मध्ये २ नं प्रदेशमा मात्र मधेश बादी पार्टीको सरकार रहेको छ । संघियता लाई बदनाम गर्ने प्रयास भईरहेको बुझिएको सांसद यादवले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘प्रदेश सरकारले प्रदेशसभालाई कुनै बिजनेस नदिइ ६ महिना देखि बन्दी बनाएको अवस्था छ भने मन्त्रीहरुको आन्तरिक किचलो, मनमुटाव र असमझदारीका कारण पालिकालाई जानुपर्ने ससर्त अनुदानका अर्बौं रकम फ्रीज हुने सम्भावना देखिएको छ ।

प्रदेशसभा सदस्य यादवले टुक्रे टुक्रे र मन्त्रीमुखि योजनाहरुका कारण समयमा काम सुरु नभइ बिगतका ३ बर्ष झै यस बर्ष पनि बिकासे योजनाहरु सुस्त गतिमा अगाडि बढिरहेको अबस्थामा मन्त्रालयका रकम पनि फ्रीज हुने निश्चित रहेको जिकिर समेत गरेका छन् ।

प्रदेशलाई असफल हुनबाट बचाउन पक्ष र विपक्षका प्रदेशसभा सदस्यहरुलाई सक्रिय हुनुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।