वैशाख ३१ रौतहट।।मुस्लिम धर्मावलम्बीहरुफे आज ईद उलफित्र पर्व मनाउँदै छन् । कोरोना महामारीको कारण मुस्लिम समुदायले महान पर्व ईद घरमै निष्ठापुर्वक मनाइरहेका छन् ।

ईदको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ । ईद उलफित्रको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै आज प्रदेश भरि सार्वजनिक विदा दिएका हुन् ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन उनले अपिल समेत गरेका छन् ।